महिनावारी सुकेकी महिलाले जन्माइन् जुम्ल्याहा सन्तान
महिनावारी सुकेको पाँच वर्षपछि काठमाडौंकी एक महिलाले सन्तान जन्माएकी छन् । आइभीएफ प्रविधिमार्फत् उनले जुम्ल्याहा सन्तान जन्म दिएकी हुन् ।
नर्भिक अस्पतालको आइभीएफ सेन्टरमा ५२ वर्षीया ती महिलाले आइभीएफ प्रविधिमार्फत एकैसाथ दुई सन्तानलाई जन्म दिएको अस्पताल प्रशासनले बताएको छ ।
अस्पतालका अनुसार बढ्दो उमेर समूहमा जोखिम बढी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै उनलाई गर्भावस्थादेखि नै उच्च निगरानीमा राखेर उपचार गरिँदै आएको थियो । शल्यक्रियामार्फत जन्मिएका दुवै जना सन्तान र आमाको अवस्था र…