चितवनमा सहमति जुट्यो, १ बजेदेखि भोट गणना
चितवन निर्वाचन क्षेत्र नम्बर २ को मतगणना आज दिँउसो १ बजेदेखि शुरु हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले दिँउसो १ बजेदेखि मतगणना शुरु गर्ने सहमति गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको र जिल्ला प्रशासन कार्यालयले एकपक्षीय ढंगबाट लाठीचार्ज गरेको आरोप लगाउँदै नेपाली कांग्रेसले जिल्ला निर्वाचन कार्यालयमा उजुरी दिएको थियो । हिजो बेलुका मतपेटिका मतगणनास्थल ल्याइएपनि कांग्रेसले आफूले दायर गरेको उजुरीमा छानबिन नभ…