कुलिङ अफ पिरियड : अस्तिसम्म रडाको,अहिले अनावश्यक
निजामती कर्मचारीलाई सेवाबाट अवकाशपछि अन्य नियुक्तिमा रोक लगाउने कुलिङ अफ पिरियडको चर्को विवादका कारण जारी हुन नसकेको निजामती विधेयक संसद विघटन,संसद भवनमा गरिएको आगजनीसँगै केही वर्षका लागि थान्को लागेको छ । अघिल्लो साता भएको जेन जी ध्वंशपछि गठित अन्तरिम सरकार, तिनका समर्थकका लागि अहिले सरकारी कर्मचारी सन्जिवनी बुटी बनेका छन् ।
प्रधानमन्त्री स्वयम् सर्वोच्च अदालतबाट अवकाशप्राप्त प्रधानन्यायाधीश हुनुहुन्छ । संविधानतः कुनै पनि सरकारी नियुक्तिका लागि अयोग्य भूपू प्रधानन्यायाध…