पार्टी बैठकमा रवि लामिछानेका कुरा ठूला, प्रवृत्ति पुरानै
राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो राति बोलाएको आकस्मिक बैठक निश्कर्षविहीन रूपमा स्थगित गरिएको छ । राति ८ बजे बोलाइएको पार्टी केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक ११ बजेसम्म लम्बिएको थियो ।
बिहीबार रातिको बैठकले गृह मन्त्रालयको जिम्मेवारी आफ्नो दललाई दिनुपर्ने माग हिजो मध्यरात १२ बजेसम्म पूरा हुनुपर्ने अल्टिमेटम दिएको थियो । अल्टिमेटमको समय सकिन मुश्किलले दुई घण्टा बाँकी छँदा हिजो राति बैठक बोलाइएको हो ।
बैठकमा सभापति रवि लामिछाने,मुकुल ढकाल र दिपक बोहोराबाहेक अ…