‘कस्मेटिक गृहमन्त्रीले नागरिकको जीउ धनको रक्षा गर्न सक्दैनन्’
नेकपा एकीकृत समाजवादी पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गृहमन्त्रीको कुर्सीमा बस्न योग्य नभएको बताएको छ ।
गृहमन्त्री स्वयम् नागरिकको शान्ति सुरक्षाप्रति जवाफदेही नभएको उल्लेख गर्दै अनेरास्ववियूले लामिछानेको राजीनामा माग गरेको छ । अनेरास्ववियूले जारी गरेको विज्ञप्तिमा देशकै अत्यन्त संवेदनशील क्षेत्र संसद भवनको अगाडि एउटा नागरिकले आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्ने परिस्थिति बन्दा पनि राज्य आँखा…