समाचार

भनियो बालुवाटार, भेटियो सिंहदरबार

भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोपत्र हस्तान्तरण गरेका छन् । वायुसेनाको विशेष विमानको उडान नम्बर आइएफसी ३१ मा बिहान ९ बजेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेपछि होटल द्वारिका पुगेका उनी प्रधानमन्त्री भेट्न साढे ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन् ।   प्रधानमन्त्री सोही भेटको समय पारेर ११ बजेर २० मीनेटमा बालुवाटारबाट निस्कनुभएको थियो ।…

Page 225 of 2010