रास्वपाको टिकट हात पार्न अनेक दाउ
रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ मा हुन लागेको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्न आवेदन दिएका सुलभ खरेलले टिकट हात पार्न वैकल्पिक उपाय अपनाएको चर्चा छ । उम्मेदवारी चयनमा पारदर्शिता अपनाउने भन्दै रास्वपाले लोकसेवा आयोगको शैलीमा मापदण्ड तोकेर खुला दरखास्त आह्वान गरेको थियो । त्यसमा खरेलसहित नौ जनाले आवेदन दिएपछि सबैलाई घण्टीघरमा बोलाएर नेतृत्वले छलफलसमेत गरिसकेको छ ।
तर, खरेलले भने टिकट हात पार्न काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहम…