डोनाल्ड ट्रम्प मूर्दावाद भन्दै सुन्धारामा नाराबाजी
प्यालेस्टाइनमा भएको इजरायली आक्रमणको विरोध गर्दै एक समूहले काठमाडौँमा प्रदर्शन गरेको छ ।
'प्यालेस्टाइन साेलिडारीटी नेपाल' को ब्यानरमा अभियन्ताहरूले आज दिउँसो सुन्धारामा विरोध कार्यक्रम गरेका हुन् । 'ईजरायली जनसंहारविरुद्ध ऐक्यवद्धता जनदवाब' भनिएको उक्त कार्यक्रममा बृहत् नागरिक अभियानका पुष्कर गाैतमको नेतृत्वमा एक दर्जन मान्छे उपस्थित थिए ।
'मानवताविरुद्ध दुई वर्षदेखि निर्मम प्रहार भैरहँदा पनि मौन बस्नेहरूलाई कायर नभनेर के भन्ने ?', …