अवैध मुद्रा कारोबारमा राजस्वको निगरानी
नेपाल–भारत सीमावर्ती तराईका जिल्लाबाट अवैध मुद्रा कारोबारमा संलग्नहरू धमाधम समातिन थालेका छन् ।
राजस्व अनुसन्धान कार्यालय, बुटवलले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म साढे तीन करोड अवैध मुद्रासहित कारोवारीहरूलाई नियन्त्रणमा लिएको छ । अवैध मुद्रा कारोबारमा नेपाली र भारतीय नागरिक संलग्न रहेको भेट्टाइएको छ ।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म नेपाली रुपैयाँ एक करोड ९१ लाख र भारतीय एक करोड ५५ लाख गरी तीन करोड ४६ लाख ५५ हजार ८८० अवैध रकम बरामद भएक…