करोडमा खरिद गरिएको होटललाई अर्बौं ऋण
करोडमा खरिद गरिएको होटललाई अर्बौं ऋण मिलाउने नेपाल बैंकका पूर्वअध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । पर्यटकीय शहरको रुपमा परिचित रुपन्देहीको सिद्धार्थनगरको बेलहियामा रहेको एउटा होटललाई बैंकले खरिद गरेकोभन्दा कैयौं गुणा बढी ऋणका लागि प्रक्रिया अगाडि बढाएको पाइएपछि उनी अख्तियारको फन्दामा परेका हुन् ।
पाँच वर्षअगाडि पर्यटन व्यवसायी सिपी श्रेष्ठले ६० करोड रुपैयाँमा बुटवलका व्यवसायी बालकृष्ण भुसाललाई बेचेको सो निर्माणाधीन होटललाई १ अ…