फोनमा बोल्ने नै नक्कली मन्त्री र म्याडम
‘थाङ्नामा सुताउने नि तरिका हुन्छ नि, त्यसले सबै बिगार्यो ।’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गेटमै भेला भएका एक हुल कर्मचारी यसरी तथानाम गाली गर्दै थिए आफ्नै माननीयलाई । कांग्रेसी कर्मचारी युनियनको विभागीय कमिटीका कर्मचारीले हो यसरी सभापति रामहरि खतिवडालाई धारेहात लगाएको ।
राज्यव्यवस्था तथा सुशासन समितिले गत २ जेठमा संघीय निजामती सेवा विधेयक पारित गरिसकेको छ । सोही विद्येयकमा रहेका कतिपय प्रावधानले तल्ला तहका कर्मचारीको वृत्…