परीक्षा बोर्डले सरकार र शिक्षकलाई तीनदिन पर्खिने
विद्यालय शिक्षा ऐनको मागसहित देशभरका शिक्षकहरु २० चैतदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । १७ औँ दिनसम्म आन्दोलनलाई निरन्तरता दिएका उनीहरु माग पूरा नभएसम्म सडक नछोड्ने अडानमा छन् ।
सरकारलाई थप दबाब दिन शैक्षिक हड्ताल घोषणा गर्नेसम्मको तयारी शिक्षकहरुको छ । एसइईको उत्तरपुस्तिका चेकजाँच नगर्ने, विद्यालय भर्ना अभियान र कक्षा १२ को जाँचमा सहभागी नहुने उनीहरुले चेतावनी दिइसकेका छन् ।
सरकारले शिक्षकहरुको माग सम्बोधनका लागि प्रभवकारी पहल गरेको छैन । जसका कारण …