अध्यक्ष समातिएपछि राप्रपा नेताहरु उग्र
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले राजावादीहरुको आन्दोलनसँग सरकार डराउँदै गएको टिप्पणी गरेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतका नेताहरु पक्राउ परेको जनाउँदै पाण्डेले सञ्चारकर्मीहरुसँग सरकार डराएको दाबी गरेका हुन् ।
सरकारले फागुन २५ गतेदेखि नै आफ्नो पार्टीसँग निहुँ खोजिरहेको उनको आरोप छ । ‘आज पनि हाम्रो शान्तिूर्ण जुलुसमा धरपकड गर्यो’, उनले भने, ‘आन्दोलन शसक्त बन्दै गए…