धनकुटामा निजी स्कुल बन्द गराएपछि बसमाथि प्रतिबन्ध
धनकुटाको महालक्ष्मी नगरपालिकाभित्र निजी विद्यालयका सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ । प्राइभेट स्कुलका बसहरुले धमाधम विद्यार्थी लैजान थालेपछि नगरपालिकाले त्यस्ता गाडी प्रवेशमा पूर्ण रोक लगाएको बताइन्छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न महालक्ष्मीका सम्पूर्ण निजी विद्यालय पछिल्लो समय बन्द गरिएको छ । नगरपालिकाले अभिभावक र सरोकारवालाको समन्वयमा निजी विद्यालय बन्द गरेर सरकारीको शैक्षिक सुधारका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । तर, अन्यत्र पालिकाका प्रा…