परराष्ट्रमन्त्री बैंककमा,युएईका विदेशमन्त्री नेपालमा
संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधान तथा विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाहयान काठमाडौं आउँदै हुनुहुन्छ । उहाँ विशेष विमानमा भोलि राति पौने ९ बजे काठमाडौं ओर्लने कार्यक्रम छ । तर, उहाँका नेपाली समकक्षी परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा हिजै थाइल्याण्डको राजधानी बैंकक पुग्नुभएको छ ।
पर्सि बेलुकी ५ बजे सोही विशेष विमानमा फर्कनुअघि ४ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ताको कार्यक्रम छ । त्यसअघि ३ बजे सिंहदरबारमा प्रधानमन्त्री के…