राप्रपा आक्रोशित, वैशाख १२ गते नेपाल बन्द
पार्टी अध्यक्ष राजेन्द्र लिंगदेन पक्राउ परेपछि राप्रपाले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । उनी राजधानीमा आज दिउँसो निषेधित क्षेत्र तोड्न खोजेपछि सिंहदरबारभित्रैबाट अन्य नेताहरुसँगै पक्राउ परेका थिए ।
राप्रपाले लोकतन्त्र, जनअधिकार र अभिव्यक्ति स्वतन्त्रतामाथि कुठाराघात भएको जनाउँदै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज बेलुकीसम्म देशभरका पार्टी कार्यालयहरुले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्षको गिरफ्तारीमा विरोध जनाउँदै सामाजिक सञ्जालमा जनचेतना अभिवृद्धि गर्ने भनिए…