बोसो घटेर हुनु छ स्लिम, सकिएकै छैन अझै अर्को फ्लिम
– दिनेश रायमाझी
यो चुनाव द्विपक्षीय होस् भन्ने चाहना थियोे अध्यक्ष ओलीको र त्यसैकारण एमालेको । तर त्यस्तो हुन सकेन । बरु चुनाव बहुध्रुवीयजस्तो पो हुन गयो । राप्रपा, रास्वपा, जनमतलगायत अरु धेरै नयाँ दलहरू राम्रै हैसियतसहित संघीय संसदमा आएका छन्् । उनीहरूले आशा गरेभन्दा धेरै राम्रो मत पाए तर एमाले भने आफूले दाबा गरेअनुसारको मत पाउन असमर्थ रह्यो । कांग्रेसको कुरा पनि एमालेकै जस्तै हो भन्दा हुन्छ । सिटमा बढोत्तरी हुँदा उसले पनि हौसिएर मेरा बाबै के के नै गरें वा भयो…