चुनावी परिणाम देख्दा पुराना दलहरु नै चकित
आन्तरिक कलह, राजनीतिक दलप्रतिको वितृष्णा तथा युवाको बदलिँदो चाहनाका कारण पुराना दल विस्तारै ओरालो लाग्न थालेका छन् । समानुपातिक मतका आधारमा पनि यसअघि भन्दा कम मत प्राप्त गरेका दलको हैसियत कमजोर देखिएको छ । ०६४ मा भरभराउँदो माओवादी खस्किएर चौथो दल बनेको छ । उसलाई नया“ दलले उछिनेको छ ।
राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लामा पनि निर्वाचनपछि पार्टी र नेताहरूको हैसियत, सांगठनिक विषय, नेतृत्वको क्षमता तथा घात–अन्तर्घातबारे छलफल शुरु भएको छ । कांग्…