खनालद्वारा राष्ट्रपति बनाउन आग्रह
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले आइतबार बसेको पार्टी पदाधिकारी बैठकमा आफूलाई भावी राष्ट्रपतिको रूपमा सघाउन प्रस्ताव गर्नुभएको छ । उहाँले अध्यक्ष माधवकुमार नेपाललगायत नेतालाई यसको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रहसमेत गर्नुभएको थियो । उपमहासचिवद्वय डा. गंगालाल तुलाधर र डा. विजय पौडेलले उक्त पदका निम्ति कुरा राख्नु अहिले पार्टी अनुकूल परिस्थिति नरहेको र स्थानीय र प्रतिनिधिसभा चुनावपछि उहाँद्वारा व्यक्त धारणाका कारण नेपाली कांग्रेस र …