साप्ताहिक समाचार

कसको प्रभावमा पर्नुभो कमरेड ?

क्रान्तिकारी भनिएका मन्त्री मातृका यादव बिचौलिया (उद्योगी तथा व्यापारी)को प्रभावमा परेर कानुनको दफा नै बिक्री गरेको उदाहरण भेटिएको छ । उनी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हुँदा बनेको हो उपभोक्ता संरक्षण ऐन ०७५ । जसको दफा ५५ नै व्यापारीको प्रभावमा परी बिक्री गरिएको उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँको आरोप छ । जहाँ, ‘कुनै व्यापारिक संस्थाले यो ऐनबमोजिम कसुर हुने कुनै कार्य गरे त्यस्तो कार्यको जिम्मेवारी र दायित्व त्यस्तो संस्थाको मुख्य प्रशासकीय अधिकारीको हैसियतमा काम ग…