लाखौं बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी राजधानीबाटै समातिए

लाखौं बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी राजधानीबाटै समातिए

बैंकिङ्ग कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । धादिङको गंगा जमुना गाउँपालिका ६ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका ६, खड्का भद्रकाली बस्ने ५० वर्षीय पुरनबहादुर घले प्रहरी नियन्त्रणमा पुगेका हुन् ।

उच्च अदालत पाटनको गत पुस २ गतेको फैसलाले उनलाई बैंकिङ्ग कसूर मुद्दामा दोषी ठहर गर्दै ८ दिन कैद, ३६ लाख ८८ हजार जरिवाना र १ लाख ४७ हजार ५२० रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । 

फैसलालगत्तै फरार उनलाई आज बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्रेको हो । पक्राउ परेका उनलाई उच्च अदालत पाटनको फैसला कार्यान्वयनको निम्ति जिल्ला अदालत ललितपुर पठाइएको छ ।

टिप्पणीहरू