सबै श्रेणीहरू

मीटरब्याजीविरुद्ध उजुरी दिन पीडितहरुलाई आह्वान

मीटरब्याजीविरुद्ध उजुरी दिन पीडितहरुलाई आह्वान

सरकारले मीटरब्याज पीडितहरुलाई उजुरी दिन आह्वान गरेको छ । पीडितहरुको समस्या समाधान गर्न गठित अनुचित लेनदेन (मीटरब्याज) सम्बन्धी जाँचबुझ आयोग, २०७९ ले उजुरीको निम्ति आह्वान गरेको छ । 

बैशाख १७ देखि ३१ गतेसम्म १५ दिनभित्र उजुरी दिइसक्नुपर्ने आयोगका अध्यक्ष गौरीबहादुर कार्कीद्वारा जारी सूचनामा उल्लेख छ । 

यसका लागि आयोगले प्रत्येक जिल्ला प्रशासन कार्यालयमा ‘मीटरब्याज पीडित सहायता कक्ष’ स्थापना गरेको छ । पीडितले आफूसँग भएको प्रमाणसहित व्यहोरा खुलाई आयोगको अनलाइनबाट पनि उजुरी दिन सक्नेछन् । 

‘पीडितहरुले आफ्नो भएसम्मका सबुद प्रमाणसहित व्यहोरा खुलाइ अनलाइनबाट सीधै यस आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्छन्’, सूचनामा भनिएको छ, ‘प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मीटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ ।’

त्यस्तै, निवेदन फाराम निःशुल्क उपलब्ध गराइने आयोगले जनाएको छ । निवेदन फाराम जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले भरिदिने व्यवस्थासमेत छ ।