सबै श्रेणीहरू

ट्याक्सी चालकले दिए पेट्रोल पम्पका कर्मचारीलाई मार्ने धम्की

ट्याक्सी चालकले दिए पेट्रोल पम्पका कर्मचारीलाई मार्ने धम्की

काठमाडौंको बालाजुस्थित पूजाकोठी पेट्रोल पम्पमा कार्यरत कर्मचारीहरुलाई कुटपिट गरी ज्यान मार्ने धम्की दिइएको छ । उक्त आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग, नयाँ बसपार्कद्वारा खटिएको टोलीले बा. १ ज ८६३२ नम्बरका ट्याक्सी चालकसहित तीन जनालाई पक्रेको बताइएको छ । 

गत भदौ ३० गते मध्यरातमा पेट्रोल हाल्न बा. १ ज ८६३२ र बा. १ ज ५४१५ नम्बरको ट्याक्सीमा पुगेका अज्ञात समूहले पम्पमा कार्यरत कर्मचारी दिपेन्द्र रिमाल र बद्री खत्रीमाथि आक्रमण गरेका थिए । 

साथै, समूहले ज्यान मार्ने र पेट्रोल पम्पमा आगजनी गर्ने धम्की दिएको उनीहरुको भनाई छ । उक्त घटनालगत्तै पम्पका सञ्चालकले महानगरीय प्रहरी प्रभाग, नयाँ बसपार्कमा खबर गरेका थिए । 

तर, तीमाथि कुनै कारबाही नभएपछि अखिल नेपाल पेट्रोलियम मजदुर संघले दोषीलाई कारबाहीको माग गर्दै निवेदन हालेको छ । सो घटनामा संलग्न एक ट्याक्सी चालकसहित तीन जनालाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले म्याद थप गरी सार्वजनिक मुद्दा लगाउने तयारी गरेको छ ।