पोखराको रिसोर्टमा कौडाको खाल

पोखराको रिसोर्टमा कौडाको खाल
सुन्नुहोस्

कास्कीमा डेढ दर्जन जुवाडे कौडाको खालबाटै पक्राउ परेका छन् । 

पोखरा महानगरपालिका–२१, निर्मलपोखरीको मैदानस्थित इलाईट रिसोर्टमा कौडा खेलिरहेको अवस्थामा रिसोर्ट सञ्चालक ३८ वर्षीय सन्तोष गुरुङसहित १६ जना समातिएका हुन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले गएराति उनीहरुलाई कौडासहित नियन्त्रणमा लिएको बताइएको छ । 

उनीहरुको साथबाट पाँच लाख पाँच हजार ६५ रुपैयाँ नगद र १६ थान कौडा पनि बरामद भएको छ ।
 

टिप्पणीहरू