राजधानीको स्पा सेन्टरमा वेश्यावृत्ति, नाबालिका र युवतीको प्रयोग

राजधानीको स्पा सेन्टरमा वेश्यावृत्ति, नाबालिका र युवतीको प्रयोग
सुन्नुहोस्

राजधानीको एउटा ब्युटी पार्लर तथा स्पा सेन्टरमा नाबालिका र युवतीलाई वेश्यावृत्तिमा लगाइएको छ । रोजगारीको प्रलोभनमा उनीहरुलाई उक्त कार्यमा लगाइएको पाइएको हो ।

काठमाडौं महानगरपालिका–९, रातोपुलस्थित नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक संखुवासभाका ४३ वर्षीय दिनेश पौडेललाई प्रहरीले पक्रेको छ । उनले स्पा सेन्टरमा दुई नाबालिका र एक युवतीलाई वेश्यावृत्तिमा लगाई यौन शोषण गरेको आरोप छ । 

प्रहरीका अनुसार पौडेलले आकर्षक तलब सुविधाको प्रलोभनमा स्पा सेन्टरमा बोलाई मसाजसँगै शारीरिक सम्पर्क गराउन लगाउने गरेको पीडितहरुको भनाई छ । उक्त कार्य गर्न नमानेको अवस्थामा अश्लिल फोटो तथा भिडियो सामाजिक सञ्जालमा आफन्तलाई पठाइदिने धम्की दिँदै वेश्यावृत्तिमा लाग्न बाध्य बनाएको बताइन्छ । 

रातो पुल र काठमाडौं एयरपोर्ट नजिकै रहेका उनका दुई वटा स्पा सेन्टरमा काम गर्ने युवतीलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको समेत प्रारम्भिक अध्ययनबाट खुलेको प्रहरीले जनाएको छ । 

पौडेललाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई मानव बेचविखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान थालिएको छ ।

टिप्पणीहरू