प्रहरी सब इन्सपेक्टर ३० हजार घूसमा समातिए

प्रहरी सब इन्सपेक्टर ३० हजार घूसमा समातिए
सुन्नुहोस्

बर्दियामा एक जना प्रहरी नायव निरीक्षक (सब इन्सपेक्टर) घूस रकमसहित पक्राउ परेका छन् । बढैयाताल गाउँपालिका ६, मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार साउदले लागू औषधको मुद्दा मिलाइदिने प्रलोभनमा सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएका हुन् ।

आयोगको नेपालगञ्ज कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको बताइएको छ ।

टिप्पणीहरू