बिहीबार रातिदेखि लगातार १२ वर्षकी बालिकामाथि बलात्कार

बिहीबार रातिदेखि लगातार १२ वर्षकी बालिकामाथि बलात्कार
सुन्नुहोस्

झापामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा कचनकवल गाउँपालिका–३ बस्ने २० वर्षीय मिलन माझी पक्राउ परेका हुन् । 

गत बिहीबार रातिदेखि उनले ती बालिकालाई आफ्नै कोठामा लगेर पटकपटक करणी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको बताइन्छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले उनलाई हिजो राति नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका माझीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू