विवाहमा निम्तालुको हत्या, सात जना पक्राउ

विवाहमा निम्तालुको हत्या, सात जना पक्राउ

कैलालीमा कुटपिटबाट एक जनाको ज्यान गएको छ । घोडाघोडी नगरपालिका–२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट निधन भएको बताइएको छ । 

लम्कीचुहा नगरपालिका–९, घोराघाटस्थित आफन्तको विवाहमा गएका मोहनलाई स्थानीय २३ वर्षीय विवेक भुललगायतले कुटपिट गर्दा उनी गम्भीर घाइते भएका थिए । 

उनलाई तत्काल उपचारार्थ लालरत्न अस्पताल पुर्याइएको थियो । थप उपचारको निम्ति टिकापुर अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । 

प्रहरीले कुटपिटमा संलग्न विवेकसहित सात जनालाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू