क्यानडाविरुद्ध कुशलको अर्धशतक, ईश्वर र भगवानले लिए विकेट

क्यानडाविरुद्ध कुशलको अर्धशतक, ईश्वर र भगवानले लिए विकेट
सुन्नुहोस्

क्यानडासँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा अहिले जारी खेलमा कुशल ५४ बलमा ६० रन बनाएर खेलिरहेका छन् । उनले ९ चौका र एक छक्का प्रहार गरेका छन् । 

टस जितेर ब्याटिङ रोजेको नेपालका लागि आसिफ शेख र कप्तान रोहित पौडेल समान ८ रन बनाएर आउट भए । अहिले कुशल र भीम सार्की क्रिजमा छन् । 

क्यानडाका उदय भगवान र ईश्वरजोत शोहीले एक-एक विकेट लिए ।

टिप्पणीहरू