क्यानडाविरुद्ध नेपालको फितलो प्रदर्शन

क्यानडाविरुद्ध नेपालको फितलो प्रदर्शन

क्यानडाविरुद्ध पहिलो एकदिवसीय क्रिकेट प्रतियोगितामा घरेलु टोली नेपालले फितलो प्रदर्शन गरेको छ । 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपाल २२४ रनमा अलआउट भयो । ओपनर कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट सुरुआत गरेपनि लगातार विकेट गुमेपछि नेपाल २२४ रनमा समेटिएको हो । 

पहिलो विकेटका लागि कुशल र आशिफले ४८ रनको साझेदारी गरेका थिए । आक्रामक ब्याटिङ गरेका कुशलले ५८ बलमा ६२ रन बनाए । उनले ९ चौका र १ छक्का हानेका थिए । 

आरिफ शेख ३८, सोमपाल कामी २७, कुशल मल्लले २० रन जोडे । भीम सार्की १७ रनमा आउट हुँदा आसिफ र कप्तान रोहित पौडेलले समान ८ रन बनाए । 

नेपाललाई सस्तैमा समेट्न क्यानडाका उदय भागवान एक्लैले तीन विकेट लिए । त्यस्तै, इश्वरजित सोही र साद बिन जाफरले समान दुई तथा साहिद अहमदाइज र हर्ष ठाकरेले एक-एक विकेट लिए । 

क्यानडाले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।  

तीन खेलको यो शृंखलालाई नेपालले फेब्रुअरी १८ देखि घरेलु मैदानमै खेल्न लागेको वर्ड क्रिकेट लिग-२ को तयारीका रुपमा हेरिएको छ ।

टिप्पणीहरू