नेपालले क्यानाडालाई क्रिेकेटमा हरायो, फुटबलमा चीनलाई जित्दै

नेपालले क्यानाडालाई क्रिेकेटमा हरायो, फुटबलमा चीनलाई जित्दै
सुन्नुहोस्

चिनियाँ परम्परागत नयाँ वर्ष तथा वसन्त चाडको उपलक्ष्यमा काठमाडौंमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धामा नेपालले ५ गोलको अग्रता लिएको छ ।

दुबै मुलुकका २३ वर्षभन्दा मुनिका खेलाडीहरुबीच दशरथ रंगशालामा भएको खेलमा खेलको अन्ततिर आइपुग्दासमेत चीनले भर्खरै १ गोल गरेको छ । प्रतिस्पर्धाको पहिलो २ मीनेटमा नै नेपालले चीनविरुद्ध गोल गरेको थियो । 

नेपालले क्यानडाविरुद्धको एक दिवसीय खेलको सिरिज जितेको छ । क्यानडाविरुद्धको आज भएको दोस्रो खेलमा चार विकेट लिएर नेपालले उक्त सिरिजमाथि कब्जा जमाएको हो ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर क्यानडाले पहिला फिल्डिङ गर्दै नेपालसामु दुई सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले उक्त लक्ष्य ४५ दशमलव एक ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

टिप्पणीहरू