‘गुरिल्ला’ हिंड्ने बाटोमा दौडिए धावक

‘गुरिल्ला’ हिंड्ने बाटोमा दौडिए धावक
सुन्नुहोस्

रुकुम पश्चिमको सानीभेरीमा ‘छैठौँ राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन’ शुरु भएको छ । सानीभेरी गाउँपालिकाले राष्ट्रिय खेलकुद परिषदको सहयोगमा ‘जनयुद्ध दिवस’को अवसरमा आयोजना गरेको म्याराथन शुरु भएको हो । 

म्याराथनको कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्काले रिबन काटेर उद्घाटन गर्नुभएको छ । प्रतियोगितामा केटातर्फ ३५ जना र केटीतर्फ १२ जना धावकको सहभागिता रहेको छ ।  

गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले तत्कालिन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ताका माओवादीका जनमुक्ति सेनाहरु हिंड्ने बाटोमा धावक दौडने बताउनुभयो । धावकहरु ‘जनयुद्ध’मा माओवादीले सेनाले विभिन्न तालिम सञ्चालन गरेको मौराखारा लेकसम्म पुग्ने गरी म्याराथनको रुट तय गरिएको छ । मौराखारा लेक समुन्द्र सतहबाट दुई हजार नौ सय मीटरको उचाईमा रहेको छ । यस पटकको म्याराथन छैटौ संस्करण हो ।

प्रतियोगितामा पुरुषतर्फ ४८ किलोमिटर र महिलातर्फ ३४ किलोमिटरको दूरी तोकिएको छ । पुरूष म्याराथनतर्फ प्रथमलाई एक लाख,दोस्रोलाई ७५ हजार,तेस्रोलाई ४५ हजार,चौथोलाई १५ हजार र टप टेनभित्र पर्नेलाई तीन हजार रुपियाँ पुरस्कार तोकिएको छ भने महिला म्याराथनतर्फ प्रथमलाई ६० हजार,दोस्रोलाई ४० हजार,तेस्रोलाई २० हजार,चौथोलाई १० हजार र टप टेनभित्र पर्नेलाई तीन हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।

टिप्पणीहरू