नेपाल–पाकिस्तान मैत्री क्रिकेट प्रतियोगितामा दर्जन टिम भिड्दै
![नेपाल–पाकिस्तान मैत्री क्रिकेट प्रतियोगितामा दर्जन टिम भिड्दै](https://janaaastha.prixacdn.net/media/albums/Untitled_design_5_LZq1dzdV9P.png)
आजदेखि हुन लागेको नेपाल–पाकिस्तान मैत्री टि २० क्रिकेट प्रतियोगितामा १२ टिमले भाग लिएका छन् ।
दिउँसो १२ बजे पाकिस्तानी दूतावासको क्रिकेट मैदान, शंख पार्कमा हुने पहिलो खेलमा नेक्सस क्रिकेट एकेडेमी र पाकिस्तानी दूतावास क्रिकेट क्लब भिड्दैछन् ।
जम्मा १८ म्याच हुने प्रतियोगितामा भोलिदेखि बिहान साढे ८ र १२ बजे दुई खेल हुने छ । चार समूहमा तीन टोली समावेश छन् ।
प्रतियोगिताको फाइनल खेल मार्च १० तारिख आइतबार बिहान साढे ८ बजे हुने तालिका छ ।
टिप्पणीहरू