काँग्रेसको आजको बैठक पनि बूढानीलकण्ठमा

काँग्रेसको आजको बैठक पनि बूढानीलकण्ठमा

नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससहितको सत्ता समीकरण हिजो अकस्मात फेरेपछि आज सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा औपचारिक रुपमा बैठक बस्न लागेको जानकारी दिइएको छ ।

दिउँसो ३ बजे बस्ने बैठकमा परिवर्तित राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

हिजोे बिहान उहाँकै निवासमा बसेको पार्टी पदाधिकारी बैठकले दाहालले काँग्रेसलाई धोका दिएको निचोड निकालेको थियो।

टिप्पणीहरू