सिरोहिया समातिँदा लोकतन्त्र धरापमा नपर्ने केपी ओलीको ठहर

सिरोहिया समातिँदा लोकतन्त्र धरापमा नपर्ने केपी ओलीको ठहर
सुन्नुहोस्

एमाले अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्दैमा लोकतन्त्र खतरामा नपर्ने टिप्पणी गर्नुभएको छ । 

सरकारले सिरोहियालाई समाचारका सन्दर्भमा नभई उनीमाथि लागेको फौजदारी आरोप छानविन गर्न पक्राउ गरेकाले यसलाई सञ्चारको हक खोसेको अर्थमा व्याख्या गर्न नहुने ओलीको तर्क छ । गृहजिल्ला झापामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यो घटनाले लोकतन्त्र नै धरापमा परेको हो ? भन्दै प्रश्नसमेत गर्नुभयो 

'टाइमिङ ठीक भयो कि भएन, त्यो बेग्लै कुरा होला, तर डमोक्रेसी नै खतरामा परिहाल्यो त ? के सञ्चारका हकहरू खोसिएकै हुन् त ?', ओलीले भन्नुभयो, 'यस्तो गलत व्याख्या उपयुक्त हुँदैन । जे यथार्थ हो, त्यही गर्नु राम्रो हो ।'

मिडिया सञ्चालकमाथि लागेको फौजदारी आरोप छानविन गर्नुलाई सञ्चार मध्यममाथि हमला भनिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो । 'कुनै सञ्चारमाथि हमला भनेर, पत्रकारमाथि फौजदारी अभियोग छ, मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ, किन यो समाचार प्रकाशित गरेको, किन यो बोल्यो भन्ने विषय होइन, विषय अर्कै छ ', ओली भन्नुहुन्छ ।

टिप्पणीहरू