सरकारको कामले व्यवस्थाको पक्षमा सकारात्मक सन्देश दिएको मन्त्री शर्माको दाबी

सरकारको कामले व्यवस्थाको पक्षमा सकारात्मक सन्देश दिएको मन्त्री शर्माको दाबी
सुन्नुहोस्

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रमा बद्मासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित भएको बताउनुभएको छ । 

राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसका अवसरमा आज आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्वीर प्रदर्शनीमा बाल्दै उहाँले यस्तो भनाई राख्नुभएको हो । प्रचण्ड नेतृत्वको सरकारको डेढ वर्षको अवधिमा गणतन्त्रिक व्यवस्थामा बद्मासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित गरेको मन्त्री शर्माको दाबी छ । 

'सुशासनको क्षेत्रमा सरकारले लिएको पहलकदमीले व्यवस्था र परिवर्तनको पक्षमा सकारात्मक भाष्य स्थापना गर्न सक्यौँ । यसमा मानव सूचकांकदेखि लिएर समग्र क्षेत्रमा राम्रो, सकारात्मक प्रभाव अगाडी बढाउँदै छ भन्ने कुरालाई तथ्य, तथ्यांकबाट बाहिर राख्यौँ', उहाँले भन्नुभयो, 'सरकारले सुशासनको पहलकदमी लिएर जतिसुकै ठूलो पदीय हैसियतमा भएको भएपनि यदि गल्ती कसैले गर्छ भने गणतन्त्रमा छुट हुँदैन भन्ने एउटा जबर्जस्त भाष्य स्थापित गर्‍यौँ ।' 

सरकारले आफ्नो कामबाट गणतन्त्र र संविधानभन्दा माथि कोही छैन भन्ने कुरा पनि पुष्टि गरेको मन्त्री शर्माको जिकिर छ । त्यसक्रममा उहाँले गणतन्त्रपछि सञ्चार क्षेत्रमा गुणात्मक उपलब्धी हासिल भएको पनि बताउनुभयो ।

टिप्पणीहरू