रविविरुद्ध खनिनु भँगेरा मार्न तोप बोकेर जानुसरह भएको ओलीको टिप्पणी
![रविविरुद्ध खनिनु भँगेरा मार्न तोप बोकेर जानुसरह भएको ओलीको टिप्पणी](https://janaaastha.prixacdn.net/media/albums/oli_acc8nsSFnT.jpg)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध खनिनु भँगेरा मार्न तोप बोकेर जानुसरह भएको टिप्पणी गर्नुभएको छ ।
आज सुनसरीमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दशकौंको इतिहास बोकेको काँग्रेस एक वर्षअघि राजनीतिमा प्रवेश गरेका लामिछानेविरुद्ध खनिनु मूर्खता भएको बताउनुभएको हो ।
लामिछानेले प्रधानमन्त्रीको प्रस्ताव स्वीकार नगरेकोले काँग्रेसले सहकारी ठगीको आरोप लगाएको उहाँको दाबी छ । काँग्रेस एउटा पात्रमाथि मात्र खनिएकोप्रति आपत्ति जनाउँदै उहाँले संसद अवरुद्ध गरेकोमा आक्रोश पोख्नुभएको छ ।
‘अहिले नेपाली काँग्रेसले केही सवाल उठायो, उठाएको पनि कुनै ठूलो कुरा भएको भए हुन्थ्यो । रवि लामिछानेविरुद्ध काँग्रेस खनिएको छ । के खनिनु, भँगेरा मार्न जाने तोप बोकेर । बल्लतल्ल राजनीतिमा आएको एक वर्ष भयो । म सम्मान गर्दछु उहाँलाई उपप्रधानमन्त्रीको हैसियतले । तर, नेपाली काँग्रेसले दुईतिरबाट अघ्र्यलाई गरेको छ । एउटा बेलुका गएर डेढ वर्ष प्रधानमन्त्री पहिले तपाईं खानुस् भन्ने । उनले कागजमा सही नगरेपछि सहकारी ठग भन्ने’, उहाँले भन्नुभयो ।
त्यस्तै, उहाँले अप्रमाणित कुरा संसदमा नबोल्न आग्रह पनि गर्नुभएको छ ।
टिप्पणीहरू