अर्थका शाखा अधिकृत डेढ करोड भ्रष्टाचारमा निर्दोष नभएको अख्तियारको दाबी

अर्थका शाखा अधिकृत डेढ करोड भ्रष्टाचारमा निर्दोष नभएको अख्तियारको दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएको अर्को एउटा मुद्दाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मुद्दामध्ये एउटामा चित्त नबुझेपछि आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो । 

आयोगका प्रवक्ता नरहरि घिमिरेले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा पुनरावेदन गरिएको जानकारी दिएका छन् । 

उक्त अभियोगमा आयोगले अर्थ मन्त्रालयका तत्कालिन शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध एक करोड ६४ लाख बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको थियो । तर, विशेष अदालतले उनलाई सफाई दिएपछि त्यसप्रति असन्तृष्टि जनाउँदै अख्तियार सर्वोच्च पुगेको हो ।

टिप्पणीहरू