आदिवासी जनजातिहरुको योगाभ्यासमा एमाले अध्यक्ष प्रमुख अतिथि

आदिवासी जनजातिहरुको योगाभ्यासमा एमाले अध्यक्ष प्रमुख अतिथि

नेकपा एमालेको भ्रातृ संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघले ‘विश्व योग दिवस’ मनाउने भएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको विशेष उपस्थितिमा महासंघले भोलि भृकुटीमण्डपको प्रदर्शनी हलमा धुमधामका साथ दिवस मनाउन लागेको बताइएको छ । कार्यक्रममा विभिन्न योगाभ्याससमेत गराइने छ । 

कार्यक्रममा उपस्थितिका लागि महासंघले काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य र जातीय घटक संघका सबै केन्द्रीय तथा बाग्मती प्रदेश सदस्यलाई सूचना गरेको छ । 

त्यस्तै, महासंघ सम्बद्ध केन्द्रीय आयोग तथा विभागका सदस्यहरुलाई पनि आमन्त्रण गरिएको छ ।

टिप्पणीहरू