धनगढीका मेयरद्वारा आफ्नै एफएमलाई लाखौं अनुदान

धनगढीका मेयरद्वारा आफ्नै एफएमलाई लाखौं अनुदान

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कानुनविपरीत आफ्नै एफएमलाई लाखौं रुपैयाँ भुक्तानी गरेको पाइएको छ । मेयर आफैँ सञ्चालक रहेको दिनेश एफएम प्रालिमा एक लाख ९७ हजार ३४५ रुपैयाँ भुक्तानी भएको देखिन आएको छ ।

उक्त भुक्तानीबारे महालेखापरीक्षकको कार्यालयले कैफियत जनाउँदै प्रमाण पेश गर्न निर्देशन दिएको छ । ‘दिनेश एफएम प्रालिलाई जनहितमा जारी सूचना प्रशारण गरेबापत १,९७,३४५ भुक्तानी भएकोमा सूचना प्रशारणको कार्यतालिकासहितको प्रशारण गरेको प्रमाण संलग्न हुनुपर्ने’, उल्लेख छ । 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ नियम ३९ को उपनियम १० मा जिम्मेवार व्यक्तिले खर्च लेख्नुअघि भुक्तानी दिन आवश्यक बिल भर्पाइ र कागजात संलग्न गर्नुपर्ने प्रावधान छ । त्यस्तै,सो कागजात रीत पुगे–नपुगेको जाँचेर मात्र भुक्तानी दिनुपर्ने नियमावलीमा उल्लेख छ । 

महालेखापरीक्षक कार्यालयको कैफियतपछि मेयरमाथि आफूखुशी लाखौं रकम भुक्तानी दिएको आरोप लागेको हो ।
 

टिप्पणीहरू