नेपाल टेलिकमको हाकिम बन्न एक महिलासहित १७ को निवेदन

नेपाल टेलिकमको हाकिम बन्न एक महिलासहित १७ को निवेदन

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाले आवेदन दर्ता गराएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नाम दर्ता गराउनेमा दुग्ध विकासदेखि नेपाल टेलिभिजनसम्मका आवेदक रहेको बताइएको छ ।

आवेदन गर्ने म्याद अस्ति बेलुकीसम्म थियो । मन्त्रालयमा रहेको टेलिकम प्रबन्ध निर्देशक सिफारिस समितिका अनुसार राजेश जोशी,अनन्तप्रकाश मल्लिक,डा.बिमल आचार्य, संगीता पहाडी अर्याल,प्रेमप्रसाद सिलवाल र चिन्तामणी बरालले बुझाएको आवेदन स्वीकृत भएको छ । बराल नेपाल टेलिभिजनसँग आवद्ध छन् ।

त्यस्तै कृष्णप्रसाद भण्डारी, जनक शिक्षाका अनिलकुमार झा,डा. शालिग्राम पराजुली,लक्ष्मण महर्जन,सुवास साह,नागेन्द्रकुमार दासको आवेदन पनि स्वीकृत भएको छ । दास दुग्ध विकास संस्थानसँग सम्बन्धित कर्मचारी हुन् ।

अन्य उम्मेदवारमा केदारनाथ कोइराला,कमल लामिछाने, रमेशप्रसाद जोशी,  शालिकराम सुवेदी र बुद्धिप्रसाद आचार्य छन् । जोशी युटिएलका कर्मचारी  हुन् ।

टिप्पणीहरू