एकीकृत समाजवादीका बाँकी नेताको नाम पछि सार्वजनिक गरिँदै

एकीकृत समाजवादीका बाँकी नेताको नाम पछि सार्वजनिक गरिँदै
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । महाधिवेशनस्थलमा तीन मुख्य पदाधिकारीसहित केन्द्रीय समिति सदस्यहरुको नाम सार्वजनिक गरेको हो । 

पदाधिकारीतर्फ अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुषाल सर्वसम्मत चयन हुनुभएको हो । 

यसअघि पार्टीको विधान महाधिवेशनले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको थियो । आगामी १० दिनभित्र बाँकी पदाधिकारी र सदस्यहरुको नाम घोषणा गरिने बताइएको छ ।

टिप्पणीहरू