लुम्बिनी प्रदेश सभाको बैठक स्थगित, आगामी बैठक अनिश्चित

लुम्बिनी प्रदेश सभाको बैठक स्थगित, आगामी बैठक अनिश्चित
सुन्नुहोस्

लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ । पर्सि दिउँसो १ बजेका लागि बोलाइएको चौथो अधिवेशनको २४ औं बैठक स्थगित भएको जनाइएको छ । सभामुख तुलाराम घर्तीमगरको निर्देशानुसार अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताए ।

‘मिति २०८१ साल असार महिनाको २३ गते आइतबार दिनको १ बजे बस्नेगरी पूर्व निर्धारित चौंथो अधिवेशनको आगामी चौबिसौं बैठक विशेष कारणबस् माननीय सभामुखज्यूको निर्देशनानुसार अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित भएको व्यहोरा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम माननीय सदस्यज्यूहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’,सूचनामा उल्लेख छ ।

टिप्पणीहरू