बलात्कार आरोपीको घरमा गोलाबारुद र भरुवा बन्दुक

बलात्कार आरोपीको घरमा गोलाबारुद र भरुवा बन्दुक

सल्यानमा बलात्कारको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । त्रिवेणी गाउँपालिका–३ टोट्केका ४२ वर्षीय टोपबहादुर वली पक्राउ परेको बताइएको छ ।

उनीमाथि अस्ति ४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोप छ । ती महिलाले टोपबहादुरले आफ्नै घरमा बलात्कार गरेको उजुरी हिजो प्रहरीमा दर्ता गरेपछि उनी पक्राउ परेका हुन् ।

टोपबहादुरको घरबाट प्रहरीले बारुद र गोलीसहित भरुवा बन्दुक पनि बरामद गरेको छ । उनीमाथि जबर्जस्ती करणी तथा हातहतियार खरखजनासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू