एकीकृत समाजवादीबाट प्रेम आले 'आउट'

एकीकृत समाजवादीबाट प्रेम आले 'आउट'
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीले यसअघिका पोलिटब्यूरो सदस्य तथा सांसद प्रेम आलेलाई केन्द्रीय कमिटी सदस्यबाट हटाएको छ । आज सम्पन्न पार्टीको १०औँ महाधिवेशनले घोषणा गरेको ९३ जना केन्द्रीय सदस्यको सूचीमा आलेको नाम राखिएको छैन ।

महाधिवेशनमा अनुपस्थित आलेलाई पार्टीले नेतृत्वबाट हटाएको हो । उनी डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । यसअघि आले एकीकृत समाजवादीको केन्द्रीय सदस्य थिए ।

विगतमा सोही पार्टीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत बनेका उनले पार्टी महाअधिवेशन बहिष्कार गरेको बताएका छन् ।
 

टिप्पणीहरू