च्यासलमा एम्पुटी फुटबल प्रतियोगिता (फोटो फिचर)

च्यासलमा एम्पुटी फुटबल प्रतियोगिता (फोटो फिचर)

राष्ट्रिय खेलकुद परिषद्को आयोजना र एम्पुटी खेलकुद समाज नेपालले आयोजना गरेको पारा तथा विशेष खेलकुद प्रतियोगिता–२०८० अन्तर्गत एम्पुटी फुटबल प्रतियोगिता आजदेखि ललितपुरको च्यासलमा सुरु भएको छ । 

चार टिम सहभागी रहेको प्रतियोगितामा आज दुई गेम र भोलि फाइनल आयोजना गरिने परिषद्ले जानकारी दिएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी, पिस युनाइटेड, राइजिङ्ग युथ र सगरमाथा एएफसीको सहभागिता छ ।   

यसमा हातगोडा नभएका खेलाडीहरु हुन्छन् । यसले त्यस्ता खेलाडीहरूलाई सकारात्मक शक्ति दिने बताइन्छ । नेपालमा सन् २०१८ देखि एम्पुटी खेलकुद समाज नेपालले राष्ट्रिय स्तरको ती खेल सम्पन्न गरिसकेको छ ।

टिप्पणीहरू