झ्यालको डण्डीमा १६ वर्षेले लगाए कमिजको पासो

झ्यालको डण्डीमा १६ वर्षेले लगाए कमिजको पासो

काठमाडौंको थलीमा १६ वर्षे किशोरले सर्टको पासो लगाएका छन् । कागेश्वरी नगरपालिका ५ थलीस्थित पाँच तले घरमा भाडामा बस्दै आएका राजीव लामाका छाेरा समीर लामाले झ्यालको डण्डीमा पासो लगाएका हुन् ।

बिहान ७ बजे झुण्डिएको अवस्थामा फेला परेका उनलाई बौद्ध प्रहरीबाट पुगेको टोलीले आवश्यक मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ को लामा परिवार उक्त घरको तेस्रो तल्लामा बस्दै आएको थियो ।

टिप्पणीहरू