सर्लाहीमा मुसलधारे वर्षा, सतर्कता अपनाउन आग्रह

सर्लाहीमा मुसलधारे वर्षा, सतर्कता अपनाउन आग्रह
सुन्नुहोस्

सर्लाहीमा मुसलधारे वर्षा भएको छ । पछिल्लो एक घण्टामा परवानीपुर वर्षामापन केन्द्रमा भारी वर्षा मापन गरिएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो एक घण्टामा उक्त मापन केन्द्रमा ६३.८ मिलिलिटर वर्षा मापन गरिएको छ । 

विभागले झिम नदी, फुल्जोर खोला र अन्य साना नदीहरुमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।
 

टिप्पणीहरू