महानगरले खोज्यो ट्वाइलेटको विवरण

महानगरले खोज्यो ट्वाइलेटको विवरण

काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालयको विवरण माग गरेको छ । 

सबै वडा कार्यालयलाई परिपत्र गर्दै महानगरले सार्वजनिक शौचालयको संख्या र संचालनको अवस्थाबारे सोधखोज गरेको हो। 

‘तहाँ वडामा भएका सार्वजनिक शौचालयको तथ्यांक, सञ्चालन भइरहेको अवस्था, सञ्चालनकर्ता आदिको विस्तृत विवरणसहित तोकिएको ढाँचामा सात दिनभित्र तथ्यांक उपलब्ध गराइदिनुहुन अनुरोध छ,’ परिपत्रमा उल्लेख छ । 

महानगर स्वर्णीम योजनाअन्तर्गत सार्वजनिक शौचालयको नियमित सरसफाई गर्नुपर्ने भएकाले विवरण मागेको जनाइएको छ ।
 

टिप्पणीहरू