चीनसमर्थित राष्ट्रपति भारतको राजकीय भ्रमणमा

चीनसमर्थित राष्ट्रपति भारतको राजकीय भ्रमणमा

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु भारतको राजकीय भ्रमण क्रममा नयाँ दिल्ली पुगेका छन् । यो उनको पहिलो राजकीय भ्रमण हो,साथमा श्रीमती सजिधा मोहम्मदसहित सामेल छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार भारत सरकारले व्यवस्था गरेको विशेष विमानमा नयाँ दिल्ली पुगेका उनको भोलि बिहान औपचारिक स्वागत गरिँदै छ । पाँच दिने भ्रमणको क्रममा मुइजुले समकक्षी नरेन्द्र मोदीलगायत उच्च अधिकारीहरुसँग भेटवार्ता,द्विपक्षीय छलफल र केही सम्झौता गर्नेछन् । 

उनी गत वर्ष नोभेम्बरमा राष्ट्रपति निर्वाचित भएलगत्तै चीन गएपछि भारतले आफूविरोधी र चीन समर्थकको बिल्ला भिराइदिएको थियो ।

टिप्पणीहरू